पर्वत, श्रावण ११ - सोमवार राति देखि परेको अविरल बर्षासंगै सडक भन्दा माथिको खहरे खोलाबाट पहिरो झरेपछि मंगलवार विहानैदेखि पोखरा-बागलुङ राजमार्ग अवरुद्ध बनेको छ । पर्वतको खुर्कोट गाविस ३ मा रहेको खहरे खोलालेले ढुंगा सहित लेदो माटो सडकमा ल्याई थुपारेपछि उक्त सडक अबरुद्ध बनेको हो । पुरै सडकमा ढुंगा र लेदोमाटो थुपि्रएकाले डोजरको सहायताले सडक खुलाउने कार्य भईरहेको प्रहरीले जनाएको छ ।
सडक अबरुद्ध बनेपछि बागलुङ,म्याग्दीमा समेत लामा दुरीका यातायातका साधन चल्न सकेका छैनन । सडक अबरुद्ध भएपछि सयौं सवारी साधन सडकमा रोकिएका जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक भगत गुरुङले बताए । गुरुङका अनुसार पानी परिरहेकाले सडक खुलाउन समस्या भएको हो ।